१९ मंसिर २०८२, शुक्रबार

विपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का

प्रकाशित मिति :  22 July, 2025 10:39 am


काठमाडाैँ । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्काले विपी कोइरालाले नेपाली जनतालाई रैतीबाट मालिक बनाउने काम गरेका बताएका छन् ।

विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपीले नेपाली काँग्रेसको नेताको रुमपा लामो संघर्ष गरेकाे परिणामतः अहिलेको व्यवस्था आएको बताएका हुन् ।

उनले विश्वेश्वरप्रसाद कोईरालाले नेपालको माटो छोएर प्रतिपादन गरेकाे सिद्धान्त सहज रहेको र सबैले बुझ्ने किसिमको रहेको बताए ।

“नेपाली काँग्रेसको नेताको रुमपा लामो संघर्ष गर्नुभयो । नेपाली जनतालाई रैतीबाट मालिक बनाउने अभियानमा जुट्नुभयो । उहाँको सिद्धान्त सहज छ । हामी अरु पार्टीका नेताहरुले प्रतिपादन गरेका सिद्धान्त होइन । विश्वेश्वरप्रसाद कोईरालाले नेपालको माटो छोएर प्रतिपादन गर्नुभएको सिद्धान्त बडो सरल छ,” उनले भने ।

सांसद खड्काले देशलाई ऐक्यवद्धता गर्ने प्रयासमा नै आफ्नो जीवन गुमाउनुपरेको बताए ।



प्रतिक्रिया दिनुहोस !