१५ चैत्र २०८२, आइतबार

स्याङ्जामा श्रीमानको हत्या आरोपमा फरार रहेकी पत्नी रञ्जिता लामिछाने पक्राउ

प्रकाशित मिति :  25 July, 2025 11:17 am


काठमाडौँ । स्याङ्जामा जिल्लाको वालिङ नगरपालिका–८ निवासी ४९ वर्षीय खुमानन्द लामिछानेको हत्यामा संलग्नताको आशंकामा फरार रहेकी उनकी पत्नी रञ्जिता लामिछाने पक्राउ परेकी छिन्।

२०८० साल बैशाख २२ गते खुमानन्द लामिछानेको मृत्यु भएको घटनाको अनुसन्धान गर्ने क्रममा उनकी पत्नी रञ्जिता लामिछाने समेत संलग्न हुन सक्ने देखिएको थियो। त्यसपछि स्याङ्जा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो।

उक्त पूर्जीका आधारमा २०८२ साउन ८ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष प्रहरी टोलीले वालिङ नगरपालिका–८ स्थित वालिङमोडबाट रञ्जिता लामिछानेलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीमाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान जारी छ। हाल जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई १० दिनको लागि हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ।



प्रतिक्रिया दिनुहोस !