एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टाचारको सुरक्षित शासन ?
काठमाडाैँ । नेकपा (एमाले)का सांसद किरणकुमार शाहले पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न घुसम लिएको आरोप लागेका मन्त्रीहरु अझै किन पदमा छन् ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहले यस्तो प्रश्न गरेका हुन्। उनले भिजिट भिसा दुरुपयोग, मानव बेचबिखनमा संलग्न व्यक्तिहरूलाई संरक्षण आरोप लगाउँदै तिब्र आलोचना गरे। उनले भ्रष्टाचारीको अनुहार पनि नहेर्ने भन्न सरकारले भ्रष्टाचार काण्डमा मुछिएका मन्त्रीहरुलाई संरक्षण गरिरहेको आरोप लगाए ।
“सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैन । सुशासनमा प्रतिवद्ध छौं । तर म प्रश्न गर्छु–भिजिट भिसा प्रकरणमा कास्कीको लेखनाथ लिची बगैंचामा मुछिएकाहरु किन अझै पदमा छन् ? मानव बेचबिखनमा मुछिएकाहरूको किन सम्मानसहित स्वागत गरिन्छ । यो मौनता लाज हराएको शासन हो कि भ्रष्टाचारको सुरक्षित शासन हो,” उनले भने ।
उनले मानव बेचबिखनमा संलग्न भएको आरोप लागेकाहरूको सम्मानसहित स्वागत भइरहेको विषयमा पनि सरकार मौन रहेको भन्दै सरकारको आलोचना गरे ।








