घोराहीमा सरुवा भएर आएका कर्मचारीहरूलाई स्वागत
दाङ । नेपाल निजामती कर्मचारी संगठन घोराही नगर कार्यसमितिले विभिन्न पालिकाबाट सरुवा भएर घोराही उपमहानगरपालिकामा कार्यरत हुन आएका सात जना निजामती कर्मचारीहरूलाई स्वागत गरेकाे छ।
संगठनका घोराही नगर अध्यक्ष प्रेमबहादुर ओलीकाे अध्यक्षता एवम् नगर प्रमुख नरुलाल चौधरीकाे प्रमुख आतिथ्यता र नगर उपप्रमुख हुमाकुमारी डिसी र नेकपा (एमाले) दाङका उपाध्यक्ष एवं जनवर्गीय संगठन समन्वय समितिका संयोजक मनोहर बुढाथोकीकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियो।
प्रमुअ अतिथि चौधरीले घोराहीमा सरुवा भई आएका कर्मचारीहरूलाई स्वागत गर्दै नगरवासीप्रतिको उत्तरदायित्व नबिर्सिएर प्रचलित नियम, कानुन र नीतिअनुसार सेवा प्रवाह गर्न आग्रह गरे ।
उनले जनसेवामा कुनै नीतिगत समस्या आएमा नगरपालिकाले त्यसको समाधानका लागि आवश्यक निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगर उपप्रमुख डिसीले नवआगन्तुक कर्मचारीहरूलाई आत्मविश्वासका साथ जनसेवामा समर्पित हुन प्रेरणा दिइन् । “नगरले आवश्यक सहयोग र समन्वय गर्न तत्पर हुनेछ,” उनले भनिन् ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाबाट सरुवा भई आएका प्रमोद गौतम, मधुवन नगरपालिका बर्दियाबाट आएका अञ्जु पौडेल , माण्डवी गाउँपालिका प्युठानबाट आएका माधवा घिमिरे, तुलसीपुर उपमहानगरपालिकाबाट आएका सागर सुवेदी, यशोधरा गाउँपालिका कपिलवस्तुबाट आएका गोविन्द सुवेदी, महाराजगञ्ज नगरपालिका कपिलवस्तुबाट आएका कृष्णबहादुर भण्डारी र प्युठान नगरपालिका, प्युठानबाट आएका गुञ्जन रिजाललाई स्वागत गरिएकाे थियाे ।
कार्यक्रममा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका सचिव मोहनसिंह सुनार, पेशागत महासंघ दाङका अध्यक्ष खिमबहादुर डाँगी, निजामती कर्मचारी संगठन दाङका अध्यक्ष गोकर्ण ओली, संगठन दाङका निवर्तमान अध्यक्ष शेरबहादुर केसी, एमाले लुम्बिनी प्रदेश सदस्य निर्मला विक, एमाले सल्लाहकार परिषद्का सदस्य अरुणकुमार शर्मालगायतले स्वागत मन्तव्य राख्दै नयाँ कर्मचारीहरूलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
संगठनका सल्लाहकार खिमबहादुर बस्नेतकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमको सञ्चालन उपाध्यक्ष भीमबहादुर केसीले गरेका थिए ।








