१९ मंसिर २०८२, शुक्रबार

भारतको उत्तराखण्डमा भागदौड हुँदा ६ जनाको मृत्यु, २९ घाइते

प्रकाशित मिति :  28 July, 2025 11:14 am


काठमाडाैँ । उत्तरी भारतको उत्तराखण्ड राज्यको एक हिन्दु मन्दिरमा आईतवार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ । साथै २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उत्तराखण्डको राजधानी देहरादुनबाट करिव ५३ किलोमिटर दक्षिणमा रहेको हरिद्वार जिल्लाको मनसा देवी मन्दिरमा भागदौड मच्चिएको थियो । मन्दिरको बाटोबाट १०० मिटर तल सिँढीमा रहेका एक भक्तलाई बिजुलीको झट्का लागेको हल्लाले अरूलाई आतंकित बनाएको थियो ।

जसले गर्दा घटनास्थलमा भागदौड मच्चियो । हरिद्वार हिन्दू भक्तहरूको लागि प्रमुख तीर्थस्थलहरू मध्ये एक हो । प्रहरीले भागदौड हुनुभन्दा पहिले मन्दिरमा ठूलो भीड जम्मा भएको बताएको छ । 



प्रतिक्रिया दिनुहोस !