१९ मंसिर २०८२, शुक्रबार

व्यापार सम्झौतामा पुगे अमेरिका र युरोपेली संघ

प्रकाशित मिति :  29 July, 2025 10:22 am


काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले आफूहरू एक व्यापार सम्झौतामा पुगेको बताएका छन् ।

जस अन्तर्गत संयुक्त राज्य अमेरिकाले युरोपेली संघका सामानहरूमा १५ प्रतिशतको आधारभुत कर लगाउनेछ । स्कटल्याण्डको साउथ आयरशायरमा ट्रम्प टर्नबेरीमा व्यापार वार्तापछि आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गरिएको थियो । 

यो एउटा ठूलो सम्झौता भएको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बताए । यसले स्थिरता ल्याउनेछ उनको विश्वास छ । औषधिहरूलाई सम्झौताबाट बहिष्कृत गरिएको थियो । जबकि संयुक्त राज्य अमेरिकामा इयु स्टील र आल्मुनियम निर्यातमा अवस्थित ५० प्रतिशत करहरू यथावत रहनेछन् ।

ट्रम्पकाअनुसार सम्झौताले अमेरिकी कारहरूलाई युरोपेली बजारमा पुनः प्रवेश गर्न सक्षम बनाउनेछ । अमेरिकी कृषि निर्यातहरूलाई अझ पहुँचयोग्य बनाउनेछ ।



प्रतिक्रिया दिनुहोस !