१९ मंसिर २०८२, शुक्रबार

भक्तपुरको सुडालमा १३ औँ नाग पञ्चमी सम्पन्न, २७ फिटको कालीनागको विशेष पूजा

प्रकाशित मिति :  29 July, 2025 6:05 pm


काठमाडाैँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा मंगलवार १३ औँ नाग पञ्चमी उत्सव भव्य रूपमा मनाइएको छ ।

पर्वको अवसरमा २७ फिट लामो कालीनागको विशेष रुद्री पूजा गर्दै धार्मिक उत्सव सम्पन्न गरिएको हो । सुडाल १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहितको कल्पेश्वर मन्दिर निर्माणस्थल समेत हो ।

उक्त कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले १०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिर निर्माणलाई तिब्रता दिन तीनै तहका सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिए। मन्दिर निर्माणका लागि समय र धेरै खर्च लागेपनि मन्दिर निर्माण गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले हाल देखिएको खडेरीको समस्यालाई पनि गम्भीर रूपमा लिनु जरुरी रहेको उल्लेख गर्दै सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । नागपञ्चमी मेलामा स्थानीय बासिन्दा, धार्मिक अगुवा र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !