पाँडेको निर्देशनमा बन्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त सम्पन्न
प्रकाशित मिति : 31 July, 2025 1:28 pm
काठमाडाैँ । नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त सम्पन्न भएको छ ।
बिहीवार काठमाडौँको धन्वन्तरी बाराही मन्दिर, ज्वागलमा सिनेमाको शुभमुहूर्त गरिएको हो ।
पशुपति शिवजी इन्टरटेनमेण्ट प्रा.लि.द्वारा प्रश्तुत सिनेमाको निर्देशन हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)ले गर्नेछन् । सुशिल कडरियाले निर्माण गर्ने यो फिल्मको कथा कुमार व्यञ्जनकारको छ ।
गीतकारमा गणेश कार्की छन् । त्यस्तै कलाकारहरूमा रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियना आचार्य लगायतका कलाकारहरूको अभिनय रहनेछ ।








