पर्सामा घट्दै अपराध
काठमाडाैँ । नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार पर्सामा अपराध घट्दै गएको छ ।
बिहीवार जिल्ला प्रहरी कार्यालय पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो तीन वर्षमा जघन्य अपराधको दरमा कमी आएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रा ले आएपछि हत्या, बलात्कार र महिलाविरुद्ध हुने अपराधका घटनामा उल्लेखनीय कमी आएको जानकारी दिए ।
उनका अनुसार पछिल्लो दुई वर्षमा कर्तव्य ज्यान (हत्या) मुद्दामा ३७ प्रतिशत, जबरजस्ती करणी (बलात्कार) मा ३१ प्रतिशत, करणी उद्योगमा ४२ प्रतिशत र महिला विरुद्ध हुने अपराधमा १२ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा १६ वटा हत्या, ३९ वटा बलात्कार, ७ वटा करणी उद्योग र १७ वटा महिला विरुद्धका अपराधका मुद्दा दर्ता भएका थिए । तर चालु आर्थिक वर्षमा यस्ता मुद्दा क्रमशः घटेर हत्या १९, बलात्कार २६, करणी उद्योग ४ र महिला विरुद्धका अपराध १५ वटा मुद्दा दर्ता भएका छन् ।
भारतीय अपराधीहरूको प्रभाव र अपराधको जोखिम उच्च मानिने पर्सामा प्रहरीले निगरानी र पहुँच विस्तार गर्दै अपराध नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गरेको उनको भनाइ छ ।
उनले बैंकिङ कसुरका मुद्दामा केही वृद्धि भएको जानकारी दिए । जिल्ला सुरक्षा समितिले तयार पारेको सुरक्षा रणनीति र त्यसको प्रभावकारी कार्यान्वयनमा तीनै सुरक्षा निकायको सक्रियताले निर्णायक भूमिका खेलेको हो ।








