१९ मंसिर २०८२, शुक्रबार

टर्कीको वैदेशिक व्यापार घाटा ६ महिनामा ५० अर्ब अमेरिकी डलर नजिक

प्रकाशित मिति :  1 August, 2025 1:44 pm


काठमाडाैँ । टर्की तथ्याङ्क संस्थान र व्यापार मन्त्रालयले बिहीवार संयुक्त रूपमा जारी गरेको तथ्याङ्कअनुसार २०२५ को पहिलो ६ महिनामा टर्कीको वैदेशिक व्यापार घाटा बढेर ४९.४ अर्ब अमेरिकी डलर पुगेको छ ।

जनवरी र जुनको बिचमा निर्यात वार्षिक रूपमा ४.१ प्रतिशतले बढेर १३१.४ अर्ब डलर पुगेको छ । जबकि आयात ७.२ प्रतिशतले बढेर १८०.८ अर्ब डलर पुगेको छ । निर्यात–आयात कभरेज अनुपात २०२४ को पहिलो ६ महिनामा ७४.८ प्रतिशतबाट घटेर यस वर्ष ७२.७ प्रतिशत पुगेको छ ।

जसले बढ्दो आयात मागको तुलनामा कमजोर निर्यात प्रदर्शनको संकेत गर्दछ । जुनमा मात्र निर्यात गत वर्षको सोही महिनाको तुलनामा ७.९ प्रतिशतले बढेर २०.५ अर्ब डलर पुगेको छ । आयात १५.२ प्रतिशतले बढेर २८.७ अर्ब डलर पुगेको छ । जसको परिणामस्वरूप मासिक ८.२ अर्ब डलरको वैदेशिक व्यापार घाटा भएको छ ।

वर्षको पहिलो ६ महिनामा जर्मनी टर्कीको शीर्ष निर्यात गन्तव्य थियो । जसको कुल परिमाण १०.९ अर्ब डलर थियो । आयाततर्फ, चीन २३.९ अर्ब डलर बराबरको सामान आपूर्ति गर्दै अग्रणी स्रोत रह्यो । 



प्रतिक्रिया दिनुहोस !