१९ मंसिर २०८२, शुक्रबार

काठमाडौँ उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान सुरू

प्रकाशित मिति :  1 August, 2025 6:25 pm


काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान सुरू भएको बताएका छन् ।

शुक्रवार काठमाडाैँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही समय पहिला सुरू गरेको लागुऔषधविरुद्धको महाअभियान महत्वपूर्ण सावित भइरहेको बताएका हुन् ।

उनले काठमाडौँ उपत्यकामा ललितपुर महानगरपालिकाबाट लागुऔषधविरुद्धको घर अभियान सुरू भएको जानकारी दिए । यसले घर, समाज र देशलाई नै सुरक्षित बनाउने जिकिर गरे । यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य जरुरी रहेको बताए ।

महानिरीक्षक थापाले लागुऔषधविरुद्धको महाअभियान लागुऔषध नियन्त्रणका लागि महत्वपूर्ण सावित भएको बताए । यसलाई अझै प्रभावकारी बनाउन थप योजना र रणनीति बनाउन जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !