२३ मंसिर २०८२, मंगलबार

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाको आज राजीनामा

प्रकाशित मिति :  3 August, 2025 7:52 am


हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलमा अल्पमतमा परेका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिन लागेका छन्।

१४ साउनमा भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएपछि लामामाथि राजीनामाको दबाब बढ्दै गएको थियो। पार्टीभित्रको निरन्तर छलफल र शीर्ष नेतृत्वको निर्देशनपछि लामा पद छाड्न तयार भएका हुन्।

लामा काठमाडौँ आएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। सो भेटवार्तापछि उनले आज बिहान हेटौंडा आइपुगेर मुख्यमन्त्री पदबाट राजीनामा दिने निश्चित भएको स्रोतले जनाएको छ।

लामाको राजीनामापछि बागमती प्रदेशमा नयाँ सत्ता समीकरणका लागि दलहरूबीच तीव्र राजनीतिक परामर्श सुरु हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !