२२ मंसिर २०८२, सोमबार

प्रधानमन्त्री ओलीबाट एमएफएन च्याम्पियन रवीन्द्र ढाँटलाई बधाई

प्रकाशित मिति :  3 August, 2025 11:05 am


काठमाडौँ । म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा ऐतिहासिक जीत हासिल गर्दै नेपालका रवीन्द्र ढाँट बान्टमवेट च्याम्पियन बनेका छन् ।

भारतको नोएडामा गए राति सम्पन्न प्रतियोगितामा उनले टाइटल डिफेन्डर भारतका चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

यो उपलब्धि नेपालको मिक्स मार्शल आर्ट्स (एमएमए) खेलमा पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि हासिल गरेको ऐतिहासिक क्षण बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत रवीन्द्र ढाँटलाई हार्दिक बधाई दिनुहुँदै नेपाललाई पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि दिलाएकोमा प्रशंसा गरेका हुन् । उनले लेखेका छन्, “भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।”

रवीन्द्रको जितसँगै नेपालको खेलक्षेत्रमा नयाँ सम्भावना र उत्साह थपिएको खेल विज्ञहरूले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !