२३ मंसिर २०८२, मंगलबार

भूमि व्यवस्था र पुरातात्विक सम्पदा संरक्षणबारे संसद्को दुई समिति आज छलफलमा

प्रकाशित मिति :  3 August, 2025 11:09 am


काठमाडाैँ । आज सङ्घीय संसद्को दुई महत्वपूर्ण समितिहरूको बैठक बस्दैछन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आआफ्ना एजेन्डासहित बैठक बोलाएका हुन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ विषयक छलफल मुख्य एजेन्डा रहनेछ ।

यस बैठकमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था तथा हालसम्म वितरण भएका जग्गाको विवरण र आगामी योजना समेतमाथि सरोकारवाला निकायसँग विस्तृत बहस हुने सूचनामा उल्लेख छ ।

उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातत्व विभागसँग ग्यालरी बैठकको पुरातात्विक सम्पदा संरक्षणबारे छलफल हुनेछ ।

साथै, महालक्ष्मीस्थान मन्दिर परिसरमा निर्माण गरिएको व्यायामशाला, स्वयम्भू क्षेत्रको जग्गा व्यक्तिको नाममा नामसारी भएको भनाइ र सहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी बैठक पुनर्निर्माणको अवस्था तथा निर्माणाधीन संसद् भवनको प्रगतिबारे पनि छलफल हुने कार्यसूची रहेको छ । दुवै बैठकबाट महत्वपूर्ण नीतिगत निर्णय र आगामी कार्यदिशाबारे स्पष्ट मार्गचित्र आउने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !