माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहने
प्रकाशित मिति : 3 August, 2025 11:11 am
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकको तयारीबारे जानकारी दिएका हुन् ।
साउन १६ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमाथि स्थायी समिति सदस्यहरूको धारणा राख्ने क्रम जारी छ ।
शनिबारसम्म १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र अनुशासन आयोगका एक पदाधिकारीले आफ्ना विचार प्रस्तुत गरिसकेका छन् । बैठक आज पनि यही एजेन्डामा केन्द्रित रहने र थप नेताहरूले आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ ।








