१९ मंसिर २०८२, शुक्रबार

राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ निक्षेप संकलन

प्रकाशित मिति :  3 August, 2025 1:20 pm


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा बढी तरलता देखिएपछि राष्ट्र बैंकले बोलकबोल प्रणालीमार्फत निक्षेप संकलन गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन ४२ दिनको अवधिका लागि हुनेछ । संकलित निक्षेपको साँवाब्याज रकम आगामी २०८२ भदौ २९ गते भुक्तानी गरिने जनाइएको छ ।

बोलकबोल प्रक्रियामा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले यसअघि पनि तरलता व्यवस्थापनका लागि यस प्रकारका अल्पकालीन मौद्रिक उपकरणहरू प्रयोग गर्दै आएको छ । बैंकिङ प्रणालीमा देखिएको अतिरिक्त तरलता घटाउन र वित्तीय अनुशासन कायम गर्न यो कदम चालिएको हो ।



प्रतिक्रिया दिनुहोस !