२२ मंसिर २०८२, सोमबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज तेस्रो दिन पनि बस्दै

प्रकाशित मिति :  4 August, 2025 9:53 am


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सोमबार पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि बैठक सुरू हुने उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यहरूले उठाएका प्रश्न र धारणा सम्बन्धी जवाफ दिनेछन् । शुक्रबारदेखि सुरू भएको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका प्रस्ताव र एजेन्डामाथि शनिबारदेखि सदस्यहरूले आफ्नो विचार राख्दै आएका थिए ।

प्रवक्ता सापकोटाले बताएअनुसार अध्यक्ष प्रचण्डले आज जवाफ दिएपछि बैठकले आवश्यक निर्णय गर्दै आजै समापन गर्ने तयारी छ । साथै, बैठकले पार्टीको आगामी केन्द्रीय कमिटी बैठक बस्ने मिति पनि तय गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !