१९ मंसिर २०८२, शुक्रबार

एमाले कर्णालीको छैटौं बैठक सुरु

प्रकाशित मिति :  4 August, 2025 1:53 pm


सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटिको छैटौं बैठक आज सुर्खेतमा शुरु भएको छ । बैठक पार्टी कार्यालयमा प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा बसेको हो ।

बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कॅडेल, पार्टी स्थायी कमिटी सदस्य तथा एमाले कर्णाली इन्चार्ज गोरखबहादुर बोगटी, प्रदेश कमिटी सदस्य, दशैँ जिल्लाका अध्यक्षहरू, कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य राजबहादुर बुढा, दल रावल, मोहनमाया ठकाल, दक्षिणा शाहीलगायतका नेताहरूको सहभागिता रहेको छ ।

बैठकमा पार्टीको आसन्न विधान महाधिवेशनका लागि नवौं केन्द्रीय कमिटीले मातहतका कमिटीमा पठाएको विधान संशोधन प्रस्तावमाथि छलफल हुने एमाले कर्णाली अध्यक्ष शाहले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी सदस्यता नवीकरण, नियमित सांगठनिक गतिविधिको समीक्षा र आगामी रणनीतिमाथि समेत व्यापक बहस गरिने छ । बैठक केही दिनसम्म चल्ने र निष्कर्षमा आधारित कार्ययोजना पारित गर्ने तयारी भइरहेको एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !