मंगलबार बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति : 5 August, 2025 10:53 am
काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार एक हजार ९०० रुपैयाँले बढेर एक लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।








