१९ मंसिर २०८२, शुक्रबार

दाउन्नेमा २४ घण्टादेखि सडक अवरुद्ध, सयौँ यात्रु अलपत्र

प्रकाशित मिति :  5 August, 2025 12:34 pm


बुटवल । बुटवल–नारायणगढ सडकखण्ड दाउन्ने पहाडमा पहिरो र चिप्लोपनाका कारण २४ घण्टादेखि अवरुद्ध बनेको छ । अविरल वर्षापछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रमा सडक भासिएर आवतजावत पूर्ण रूपमा ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार निरन्तरको वर्षा र चिप्लो सडकका कारण मर्मत कार्य सुरु गर्न सकिने अवस्था छैन ।

“दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै निर्माणाधीन पुलको छेउमा राजमार्ग भासिएको छ। ग्राभेल राखिए पनि सडक अझै सुरक्षित छैन,” उनले बताए ।

सडक अवरुद्ध भएपछि सयौँ सवारी साधन बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । हिलोमा फसेका गाडी निकाल्न कठिनाइ भएको र डोजर परिचालन भए पनि वर्षाले काम अवरुद्ध गरेको प्रहरीले जनाएको छ ।

सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रमा गरिएको कटानका कारण सामान्य वर्षामा समेत यो खण्ड बारम्बार अवरुद्ध हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !