१९ मंसिर २०८२, शुक्रबार

संघीयता र गणतन्त्र पूर्ण रूपमा असफल भइसक्यो, अब जनताले बुझिसकेः महामन्त्री जबरा

प्रकाशित मिति :  7 August, 2025 11:18 am


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रूपमा असफल भइसकेको बताएका छन् ।

उनले नेपाल झनझन गिरबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको बताएका हुन् । उनले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरुको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताए ।

असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर भइरहेको उनको भनाइ छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव रहेको बताए ।

नेपाली जनताले संघीयता र गणतन्त्र असफल भएको महशुस गरिरहेको भन्दै अहिलेको व्यवस्था परिवर्तन गर्न जनताले सोच बनाइरहेको पनि दाबी गरे। राजावादी, हिन्दुवादी, राष्ट्रवादी सोच दबाउनका लागि गलत मुद्दाहरू लगाउने र धम्क्याउने प्रयासमा राज्य लागेको उनको आरोप छ । नेपालीहरूले संवैधानिक राजतन्त्रको पक्षमा आफ्ना आवाजहरू उठाइरहेको र अब विस्तारै सफल हुने दाबी गरे । 



प्रतिक्रिया दिनुहोस !