१९ मंसिर २०८२, शुक्रबार

हाम्रो फरक मत पार्टी विभाजनको लागि होइनः महामन्त्री जबरा

प्रकाशित मिति :  8 August, 2025 12:14 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले पार्टीभित्र आफूरुकोे फरक मत पार्टी विभाजनको लागि नभएको बताएका छन् । 

उनले पार्टी विभाजन गर्ने मनस्थितिले नभई पार्टीको विधान विपरित भएको कार्यलाई सच्याउन आफूहरु लागिपरेको बताए । उनले यसलाई पार्टी विभाजनको रूपमा नहेर्न पनि आग्रह गरे। पार्टी विभाजन गर्ने आफूहरूको कुनै सोच नभएको उनले बताए ।

जीवन्त पार्टीभित्र केही मतभेद हुने भन्दै उनले त्यहीअनुसार केही मतभेदहरु देखिएको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मतभेदहरूलाई आन्तरिक रुपमा बसेर सल्ट्याउन नसक्दा आफूहरु निर्वाचन आयोगको ढोकामा पुुगेको उनको भनाइ छ ।  

महामन्त्री जबराले पार्टी नेतृत्वले पार्टीको विधान विपरित गरेका कारबाही, पदमुक्तिहरुलाई पुनःबहाली गर्ने दाबी गरे। पार्टीको विधान विपरित सामान्य स्पष्टीकरण समेतको मौका नदिईकन पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले केही नेताहरुलाई कारबाही गरेकाे उनको भनाइ छ । एकलौटी ढंगबाट गरिएको कारबाहीको विरुद्धमा आफूहरु निर्वाचन आयोग गएको उनले बताए । आयोगले पार्टीलार्ई कारबाहीका निर्णयका सम्बन्धमा सोधेको र पार्टीले पनि आयोगलाई जवाफ पठाइसकेको उनले जानकारी दिए। उनले आयोगले के निर्णय गर्छ भन्ने पर्खाइमा आफूहरू रहेको बताए ।

पार्टी अध्यक्ष लिङलेनले पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी, अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, पार्टी प्रवक्ता सगुनसुन्दर लावतीलाई पदबाट बर्खास्त गरेका थिए । महामन्त्री जबरासमेछ संगठन विभाग प्रमुखबाट हटाइएका थिए । उक्त कारबाही तथा पदमुक्ति पार्टीको विधान विपरित भएको भन्दै उनीहरुले निर्वाचन आयोगमा निवेदन दिएका छन् । विधानमा कारबाही गर्ने, पदमुक्त गर्ने विषय स्पष्ट रुपमा नै भएपनि त्यसलाई मिचेर, उल्लङ्घन गरेर कारबाही तथा पदमुक्तिहरु भएको महामन्त्री राणाको आरोप छ । 



प्रतिक्रिया दिनुहोस !