२१ मंसिर २०८२, आइतबार

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा जनै पूर्णिमाको शुभकामना

प्रकाशित मिति :  9 August, 2025 7:33 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा सांस्कृतिक पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा प्रदेशवासीसहित सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

शनिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको समाज भएको उल्लेख गरे । उनका अनुसार यस्ता चाडपर्वहरूले आपसी समझदारी, सहिष्णुता र सामाजिक एकताको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छन् ।

मुख्यमन्त्री आचार्यले जनै पूर्णिमालाई धार्मिक संस्कारसँगै पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउने पर्वका रूपमा व्याख्या गर्दै परस्पर स्नेह, सम्मान र संरक्षणको भावना यस पर्वको मूल सन्देश रहेको बताए । उनका अनुसार यस्तो पर्वले पारिवारिक एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ ।

संविधानले प्रत्याभूत गरेको सांस्कृतिक विविधताको सम्मान गर्दै उनले यस्ता मौलिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन र प्रवद्र्धनमा सबै पक्षको साझा भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे ।

साथै, लुम्बिनी प्रदेश सरकारले मौलिक कला, संस्कृति र परम्पराको प्रवद्र्धनमार्फत समृद्ध प्रदेश निर्माणको संकल्प लिएको उनले उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !