२१ मंसिर २०८२, आइतबार

सङ्घीय संसद्का चार समितिको बैठक आज बस्दै

प्रकाशित मिति :  11 August, 2025 8:31 am


काठमाडौँ । सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ। निर्धारित कार्यतालिका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक आज आ–आफ्नो कार्यसूचीका साथ बस्ने जनाइएको छ।

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफल गरिनेछ ।

कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल हुने कार्यक्रम छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट–२०२५’ सम्बन्धी विषयमा छलफल हुनेछ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल हुने तय भएको छ।



प्रतिक्रिया दिनुहोस !