२१ मंसिर २०८२, आइतबार

संघीय संसद्का चार समितिको बैठक आज

प्रकाशित मिति :  14 August, 2025 9:03 am


काठमाडौँ । संघीय संसद् अन्तर्गतका चार संसदीय समितिको बैठक आज बस्दै छन् । संसद सचिवालयका अनुसार आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक तोकिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा सौर्य एयरलाइन्सको 9N-AME, CRJ 200 विमान दुर्घटना सम्बन्धी जाँचबुझको अन्तिम प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने भएको छ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

त्यसैगरी, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति, समस्या, समाधानका प्रयास र समितिसँगको अपेक्षाबारे छलफल हुने संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !