१९ मंसिर २०८२, शुक्रबार

रोल्पामा जङ्गली च्याउ खाँदा बिरामी परेका एकजनाकाे मृत्यु

प्रकाशित मिति :  17 August, 2025 2:52 pm


संकेतिक फाइल फोटो

दाङ । रोल्पामा जङगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी परेका छन् ।

मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका–२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी छन् ।

गम्भीर बिरामी हुने उनका श्रीमान् हुन् । साउन २७ गते जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा वली र उनका श्रीमान ८१ वर्षीय भागीराम वली बिरामी भएका थिए ।

स्थानीय मेडिकलमा उपचारपछि दुवै जनालाई साउन २९ गते थप उपचारका लागि दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको थियो ।

उपचारको क्रममा वलीको मृत्यु भएको र भागीरामको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !