२१ मंसिर २०८२, आइतबार

सभ्य समाज निर्माणमा सरसफाइको भूमिका महत्त्वपूर्ण- मुख्यमन्त्री कँडेल

प्रकाशित मिति :  19 August, 2025 11:59 am


सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ जीवनका लागि वातावरणीय सरसफाइ अपरिहार्य रहेको बताएका छन् ।

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको ‘बृहत् सरसफाइ कार्यक्रम’लाई सम्बोधन गर्दै उनले सरसफाइलाई सभ्य र समुन्नत समाज निर्माणको आधारका रूपमा लिने आग्रह गरे ।

मुख्यमन्त्री कँडेलले सरसफाइलाई केवल अधिकारका दृष्टिले मात्र नभई सबैले आफ्नो कर्तव्य र दायित्वका रूपमा बुझ्नुपर्नेमा जोड दिए । उनले भने, “आफ्नो घर अगाडिको आँगन सफा राख्नुस्, बाहिरबाट आउने पाहुनालाई समेत यसले खुसी बनाउँछ । सरसफाइले स्वस्थ जीवन त दिन्छ नै, त्यसले सभ्य र सचेत नागरिकको पहिचान पनि दिन्छ र बाह्य पाहुनालाई आकर्षण गर्छ ।”

उद्योगी र व्यवसायीलाई फोहर व्यवस्थापनलाई सिर्जनशील ढङ्गले प्रयोग गरी ‘फोहरलाई मोहरमा बदल्ने’ अभियान अघि बढाउन उनले अनुरोध गरे । प्रकृतिमैत्री क्रियाकलापमार्फत मात्र मानव स्वास्थ्यलाई दीर्घकालीन रूपमा स्वस्थ र स्वच्छ राख्न सकिने उनको भनाइ थियो ।

यस अवसरमा उनले भदौ ४ गतेलाई कर्णालीका सपूतहरूको योगदान सम्झने दिनका रूपमा लिनुपर्ने बताए । सहिदले देखेका सपनालाई पूरा गर्ने संकल्पका साथ यो दिवसलाई सरसफाइ, सचेतना र सामाजिक व्यवस्थाको प्रवर्द्धन गर्ने उत्सवका रूपमा तीन दिनसम्म मनाउन प्रदेशवासीलाई अपिलसमेत गरे । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नील



प्रतिक्रिया दिनुहोस !