२१ मंसिर २०८२, आइतबार

संघीय संसदका तीन समितिको बैठक बस्दै

प्रकाशित मिति :  21 August, 2025 6:30 am


काठमाडौँ । संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बिहीबार सिंहदरबारमा बस्ने भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे समितिको बैठक कक्षमा बस्नेछ।

बैठकमा “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक” सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे सिंहदरबारमै बस्नेछ। बैठकले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्नेछ । साथै विविध विषयमा पनि बहस हुने कार्यसूची रहेको छ।

यसैगरी, राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको ११६औँ बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद भवन नम्बर २ को चौथो तल्ला, कोठा नम्बर ५१४ मा बस्नेछ ।

बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी दफावार छलफल हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !