१९ मंसिर २०८२, शुक्रबार

गुल्मीको राक्सेमा पहिरो : कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध

प्रकाशित मिति :  22 August, 2025 8:59 am


गुल्मी । गुल्मीको राक्सेमा शुक्रबार बिहान गएको पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार सडक अवरुद्ध भएको जानकारी प्राप्त भएपछि पुर्तिघाटस्थित प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ । बाटो खुलाउन डोजरलगायतका उपकरण परिचालन गरिएको उनले बताए ।

सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । यात्रुहरू लामो समयदेखि अलपत्र परेको र यातायात सुचारु हुन ढिला हुने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

सडक खुलाउन डोजरले लगातार काम गरिरहेको भए पनि ठूलो मात्रामा पहिरो झरेका कारण तत्कालै आवतजावत सहज हुन नसक्ने देखिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !