एमाले दाङको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठक सुरु
प्रकाशित मिति : 23 August, 2025 2:02 pm
दाङ । नेकपा (एमाले) दाङको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठक घोराहीस्थित मालाइनको सभा हलमा आजदेखि सुरु भएको छ ।
बैठकको उद्घाटन नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोख्रेलले गरे । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका महासचिव पोख्रेलले पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी कार्यदिशाबारे विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको सचिव श्याम डाँगीले जानकारी दिए ।
बैठकमा जिल्लाभरका प्रतिनिधिहरूको उपस्थिति रहेको र छलफलमा हालको राजनीतिक परिस्थिति, संगठन विस्तार, आगामी रणनीति तथा स्थानीयस्तरका समस्याबारे विचार–विमर्श हुने बताइएको छ ।









