१९ मंसिर २०८२, शुक्रबार

खाेलामा डुबेर दाङमा बालककाे मृत्यु

प्रकाशित मिति :  23 August, 2025 5:06 pm


संकेतिक फाइल फोटो

दाङ । खाेलामा डुबेर दाङमा बालककाे मृत्यु भएकाे छ । जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका-११ सुकौराका ६ वर्षिय बालक रमेश चौधरीकाे घर नजिकैको डुरे खोलामा डुबेर शुक्रबार साँझ मृत्यु भएकाे हाे ।

घटनापछि परिवारले बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेको भए पनि, डुबेर अशक्त भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान थालेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !