१९ मंसिर २०८२, शुक्रबार

बर्का अट्वारी पर्वकाे अवसरमा लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा

प्रकाशित मिति :  24 August, 2025 8:15 am


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले थारू समुदायको महान् चाड बर्का अट्वारी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार थारू समुदायको बाक्लो बसोवास रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी गरी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

यस वर्ष बर्का अट्वारी पर्व भदौ ८ गते आइतबार परेको छ । थारू समुदायका पुरुषहरूले उपवास बस्दै सूर्यको पूजा गर्ने र भीमको पूजा गरेर समेत अट्वारी पर्व मनाउने परम्परा रहिआएको छ । धर्म, संस्कृति र परम्परासँग गाँसिएको बर्का अट्वारी पर्वलाई थारू समुदायले महत्वका साथ मनाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !