१९ मंसिर २०८२, शुक्रबार

सुनचाँदीको मूल्यमा वृद्धि : सुन तोलाको १ लाख ९७ हजार ५ सयमा कारोबार

प्रकाशित मिति :  24 August, 2025 11:22 am


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन प्रतितोला २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर २ हजार ३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !