२१ मंसिर २०८२, आइतबार

राष्ट्रपति पौडेलसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गर्न आग्रह

प्रकाशित मिति :  24 August, 2025 1:26 pm


काठमाडौँ । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएर राखेका महेन्द्रनगरका विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ ।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा उनीहरू इजरायल पुगेका थिए । त्यहाँ रहँदा पद्मा र पुष्पाले इजरायलका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूसँग भेट गरी विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्न आग्रह गरेका थिए ।

आमा पद्माले विपिन निर्दोष विद्यार्थी भएको र मानवीय आधारमा उनको रिहाइका लागि पहल गर्नुपर्ने बताए । सो अवसरमा राष्ट्रपति पौडेलले विपिन जोशीको रिहाइका लागि सरकार तथा आफैंले आवश्यक थप प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !