२० मंसिर २०८२, शनिबार

माधव नेपालको आग्रह-हीनभाव र निराशाबाट मुक्त भएर समाजवादको बाटोमा अघि बढ्नुपर्छ

प्रकाशित मिति :  25 August, 2025 3:33 pm


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नकारात्मक मानसिकताले निराशा पैदा गर्ने भएकाले कार्यकर्तालाई हीनभावले ग्रसित नहुन आग्रह गरेका छन् ।

‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीलाई सोमबार सम्बोधन गर्दै उनले निराश हुने मानिसहरु पार्टी परित्याग गर्ने भएकाले आशावादी भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

“जहिले पनि यो नकारात्मक मानसिकताका साथ हीनभावले ग्रसित भएर अघि बढ्ने काम नगर्नुस्। त्यस्ताहरुले पार लगाउँदैनन्। त्यस्ता निराशहरु पलायन हुन्छन्,” उनले भने, “कम्युनिष्ट पार्टीनै हुँदैन भन्ने भ्रम फैलाउनेहरु पनि छन् तर आशावादी भएर अगाडि बढ्न सकिन्छ ।”

अध्यक्ष नेपालले पार्टीभित्र सकारात्मक सन्देश दिनु आवश्यक रहेको भन्दै पार्टी कमिटीभित्रका विषयलाई आन्तरिक मामिला बनाउनुपर्नेमा जोड दिए ।

“हाम्रो पार्टीका नेता–कार्यकर्ताले जहिले पनि मासमा सकारात्मक सन्देश दिनुपर्छ । पार्टी कमिटिभित्र बसेर सबै कुरा छलफल गर्न पाइन्छ, त्यही आन्तरिक मामिला बनाउनुपर्छ,” उनले स्पष्ट पारे । अनुशासनहीनता पार्टीले सहन नसक्ने उल्लेख गर्दै उनले पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु फरक कुरा भएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !