१ पुस २०८२, मंगलबार

संघीय संसद्का तीन समितिको बैठक बस्दै : यी हुन् कार्यसूची

प्रकाशित मिति :  27 August, 2025 6:39 am


काठमाडौँ । संघीय संसद्का तीन वटा समितिको बैठक आज बस्दैछन् । राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपि, यस समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छन् ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने ‘समितिको छैटौं वार्षिक प्रतिवेदन, २०८१/८२’ सम्बन्धमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !