१९ मंसिर २०८२, शुक्रबार

विद्युतीय अपराध प्रकरणमा नेकपा एमाले नेता ऐन महर पक्राउ

प्रकाशित मिति :  27 August, 2025 4:44 pm


काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्युतीय अपराधसम्बन्धी उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी अनुसार महरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको छ । महरविरुद्ध के कस्तो प्रकृतिको उजुरी परेको हो भन्नेबारे भने प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।



प्रतिक्रिया दिनुहोस !