१९ मंसिर २०८२, शुक्रबार

लुम्बिनी प्रदेशमा नयाँ सचिवहरूको स्वागत

प्रकाशित मिति :  27 August, 2025 4:47 pm


दाङ । लुम्बिनी प्रदेशमा सरुवा भई आएका दुई जना सचिवलाई औपचारिक रुपमा स्वागत गरिएको छ । बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बसेको सचिवस्तरीय बैठकमा उनीहरूको स्वागत गरिएको हो ।

प्रमुख सचिव बावुराम अधिकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारी पाएका मोतिराम सापकोटा र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको सचिवको जिम्मेवारी पाएका चुर्णबहादुर ओलीलाई स्वागत गरेका हुन् ।

यसअघि बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनीहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । स्वागत कार्यक्रममा सचिवहरूले संघीयतालाई सफल बनाउन प्रदेश स्तरमा कार्यसम्पादन र सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउने गरी आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !