त्रिभुवननगर जेसीजले ७ दिने “प्रशिक्षण म्याराथन–२०२५” सञ्चालन गर्दै
दाङ । त्रिभुवननगर जेसीजले ७ दिने “तालिम म्याराथन–२०२५” को आयोजना गर्ने भएको छ । युवाहरुमा नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा जेसीजको पहिचानलाई लक्षित गर्दै भदौ १६ देखि २३ गतेसम्म घोराहीस्थित विभिन्न शैक्षिक संस्थामा ७ दिने “तालिम म्याराथन–२०२५” को आयोजना गर्न लागेको अध्यक्ष टंकबहादुर रावत ‘अनन्त’ ले जानकारी दिए ।
तालिम म्याराथनले युवाको नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि र सीप विस्तारमा योगदान गर्ने अपेक्षा गरिएको अध्यक्ष रावतको भनाइ छ । अध्यक्ष रावतको नेतृत्वमा सञ्चालन हुने अभियानलाई सफल पार्न विभिन्न जिम्मेवारी प्रदान गरिएको महासचिव कृष्णदेव थापाले जानकारी दिए ।
पहिलो दिन भदौ १६ गते मेचेकाली बोर्डिङ स्कुलमा “बैठक सञ्चालन कार्यशाला” विषयमा प्रशिक्षण हुनेछ । उपाध्यक्ष महेश बस्नेत संयोजक रहेको प्रशिक्षणको प्रशिक्षकमा जेसीजका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल रहेका छन् ।
दोस्रो दिन भदौ १७ गते मार्क इन्टरनेशनल कलेजमा “वित्त क्षेत्रमा भावी नेतृत्व” विषयमा प्रशिक्षण हुनेछ । सचिव विवेक देवकोटा संयोजक रहेको प्रशिक्षणको प्रशिक्षकमा सिए कैलाश खत्री रहने छन् ।
तेस्रो दिन भदौ १८ गते भिक्टोरिया इन्टरनेशनल कलेजमा “सपनादेखि उद्यमसम्म” विषयमा प्रशिक्षणको आयोजना गरिनेछ । उपाध्यक्ष खेमराज भण्डारी जिल्ला संयोजक रहेको प्रशिक्षणको प्रशिक्षकमा पूर्व अध्यक्ष ओविन्द्रबहादुर महरा रहेका छन् ।
त्यस्तै चौथो दिन भदौ १९ गते राप्ती शिक्षा क्याम्पसमा “क्लिकदेखि अदालतसम्म : साइबर अपराध र कानुनी पक्ष” विषयमा प्रशिक्षणको आयोजना गरिने छ । सुचना तथा प्रविधि संयोजक हिमाल केसी संयोजक रहेको प्रशिक्षणको प्रशिक्षकमा जिल्ला अदालत दाङका शाखा अधिकृत मञ्जु शर्मा रहेकी छिन् ।
पाँचौं दिन भदौ २० गते पद्मोदय क्याम्पसमा “आध्यात्मिकता : सन्तुलित जीवनको विज्ञान” विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । प्रकरण निर्देशक गणेश वली संयोजक रहेको प्रशिक्षणको प्रशिक्षकमा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक किशोरचन्द्र गौतम रहने छन् ।
छैठौं दिन भदौ २२ गते दिपशिखा कलेजमा “प्रभावकारी सार्वजनिक भाषण कला” विषयमा प्रशिक्षण हुनेछ । सदस्य प्रेमलाल न्यौपाने संयोजक रहेको प्रशिक्षणको प्रशिक्षक नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष निशान्त आचार्य रहने छन् ।
सातौं दिन भदौ २३ गते महेन्द्र बहुमुखी क्याम्पसमा “माइन्यूट तथा प्रतिवेदन लेखन” विषयमा प्रशिक्षण दिने कार्यक्र तय भएको छ । खेल संयोजक रणबहादुर खड्का संयोजक रहेको प्रशिक्षणको प्रशिक्षकमा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक दुर्गालाल केसी रहने छन् ।
यसैबीच अध्यक्ष रावतले प्रेस विज्ञप्ति जारी गरी कार्यक्रमको तयारी पुरा भएको भन्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् ।








