२० मंसिर २०८२, शनिबार

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त

प्रकाशित मिति :  28 August, 2025 4:48 pm


दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य विष्णु पोखरेललाई पदमुक्त गरिएको छ । प्रदेश सभापति अमरसिंह पुनले पार्टीको विधानको परिच्छेद ४ को धारा १३ को उपधारा १० (झ) बमोजिम भदौ ११ गतेदेखि पोखरेललाई पदमुक्त गरिएको जानकारी दिएका हुन् ।

सभापति पुनका अनुसार पार्टी केन्द्रको निर्देशनअनुसार पोखरेललाई जिम्मेवारीबाट मुक्त गरिएको हो । “उहाँका विरुद्ध रूपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका भरतकुमार शाहले उजुरी दिनुभएको थियो । त्यसै कारण पदमुक्त गर्न भनिएको हुनुपर्छ,” पुनले लुम्बिनी सञ्चारसँग बताए ।

पार्टीभित्रको आन्तरिक प्रक्रिया र उजुरीको आधारमा गरिएको उक्त कारबाहीपछि लुम्बिनी प्रदेश समितिको सदस्य पद रिक्त भएको छ ।



प्रतिक्रिया दिनुहोस !