२० मंसिर २०८२, शनिबार

प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

प्रकाशित मिति :  30 August, 2025 4:13 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच चीनको थियानजिनमा द्विपक्षीय भेटवार्ता भएको छ ।

शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओलीले शनिबार दिउँसो थियानजिन अतिथि गृहमा राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज दिउँसो ३:१५ बजे हिमालयन एयरलाइन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

विमानस्थलमा चीन सरकारका उच्च अधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओलीसहित चीनका लागि नेपालका राजदूत चेन सोङले स्वागत गरेका थिए ।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले सहभागी अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भदौ १७ (सेप्टेम्बर २) मा उहाँले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग पनि विशेष भेटवार्ता गर्ने तय भएको छ ।भेटवार्तामा नेपाल–चीनबीचको आपसी सम्बन्ध, सहकार्य र साझेदारीलाई थप मजबुत बनाउन सक्ने उपायका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाबारे पनि छलफल भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !