प्रधानमन्त्री ओली लाओस राष्ट्रपति सिसौलिथसँग भेट
प्रकाशित मिति : 1 September, 2025 10:16 am
काठमाडौँ । शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लाओसका राष्ट्रपति थोंगलुन सिसौलिथसँग दुई पक्षीय भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार भेटवार्तामा दुई देशबीचको सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको छ ।
यसअघि ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य सहभागी राष्ट्र र सरकार प्रमुखसँग पनि भेटवार्ता गरिसकेका छन् । सोमबार प्रधानमन्त्री ओलीले एससीओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।








