१९ मंसिर २०८२, शुक्रबार

मुख्यमन्त्री आचार्यद्वारा मोहन कन्या विद्यालयको हीरक महोत्सव उद्घाटन

प्रकाशित मिति :  1 September, 2025 12:32 pm


पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव एवम् हीरक महोत्सव–२०८२ को उद्घाटन गरेका छन् ।

साेमबार विद्यालय परिसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई समाज रूपान्तरणको आधार भन्दै विद्यालयले गरेको योगदानको प्रशंसा गरे ।

उद्घाटन समारोहमा मुख्यमन्त्री आचार्यले विद्यालय परिसरमा निर्माण गरिएको हिरक स्मारक अनावरण गर्नुका साथै स्मारिकाको विमोचन पनि गरे । विसं २००७ सालमा स्थापना भएको यस विद्यालयले हीरक महोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको थियो ।

महोत्सव अन्तर्गत गुणस्तर तथा प्राविधिक नारी शिक्षा विषयक राष्ट्रिय गोष्ठी, जिल्ला र नगरस्तरीय प्राज्ञिक छलफल, खेलकूद लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !