२० मंसिर २०८२, शनिबार

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता : के भयाे कुराकानी ?

प्रकाशित मिति :  1 September, 2025 10:15 pm


काठमाडाैँ । शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन चीनको तियानजिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार सोमबार सम्पन्न भएको भेटवार्तामा नेपाल–रुसबीचको आपसी सम्बन्ध र सहकार्यका विभिन्न पक्षबारे विस्तृत छलफल भएको छ ।

दुई नेताबीच आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि तथा लगानीलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विशेष जोड दिइएको थियो ।

भेटवार्तामा उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने विषयमा पनि सहमति भएको जनाइएको छ। यसअघि पनि नेपाल र रूसबीच कूटनीतिक सम्बन्धलाई अझ मजबुत बनाउन दुवै पक्षले विभिन्न स्तरमा पहल गर्दै आएका छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीचको यस भेटलाई नेपाल–रुस सम्बन्धलाई नयाँ ऊर्जा दिने अवसरका रूपमा हेरिएको छ।



प्रतिक्रिया दिनुहोस !