चीनकाे विशेष सैनिक परेडमा प्रधानमन्त्री ओलीको सहभागिता
प्रकाशित मिति : 3 September, 2025 12:15 pm
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङमा आयोजित विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सव विशेष सैनिक परेड कार्यक्रममा सहभागी भएका छन् ।
समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले विभिन्न राष्ट्रका प्रमुख र सरकारप्रमुखलाई स्वागत गरेका थिए । परेडपछि प्रधानमन्त्री ओली राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा पनि सहभागी भएका थिए ।
प्रधानमन्त्री ओली हाल जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा छन् । उनी चीनको राष्ट्रपति सीको निमन्त्रणामा शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन बेइजिङ पुगेका थिए ।
चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आजै स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।








