नयाँ रेकर्डसहित सुनको मूल्य : प्रतितोला रु २ लाख ७ हजार ९०० पुग्यो
प्रकाशित मिति : 3 September, 2025 12:18 pm
काठमाडाैँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पनि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु २ लाख ७ हजार ९०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
मङ्गलबार प्रतितोला रु २ लाख ५ हजार ९०० मा कारोबार भएको सुन आज रु २ हजारले बढेको हो । यस्तै चाँदीको मूल्य भने घटेको छ। आज प्रतितोला रु ५ ले घटेर रु २ हजार ४८० कायम भएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल विश्व बजारमा सुन प्रतिऔंस ३ हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








