१९ मंसिर २०८२, शुक्रबार

घुससहित जिल्ला अदालत बाँकेका नायब सुब्बा अख्तियारकाे फन्दामा

प्रकाशित मिति :  4 September, 2025 9:59 pm


दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत बाँकेको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगका अनुसार धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस मागेको उजुरीका आधारमा आयोगको बुटवल कार्यालय अन्तर्गत नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

धमला सेवाग्राहीसँग मागिएको रकम बुझिसकेको अवस्थामा बाँके, नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगरस्थित यातायात चोकबाट पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार पक्राउ परेका धमलामाथि थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !