२० मंसिर २०८२, शनिबार

सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

प्रकाशित मिति :  5 September, 2025 6:53 am


काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । समितिको बैठक संसद भवन नयाँ बानेश्वरस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो ५ः१५ बजेका लागि तय गरिएको हो ।

बैठकमा समितिको सभापति निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।यसअघि सो समितिको सभापति रहनुभएकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएकी थिइन् ।

उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सुनुवाइ समितिको सभापति पद रिक्त रहँदै आएको थियाे । यसरी रिक्त रहेको सभापति पद पूर्तिका लागि आजको बैठक आह्वान गरिएको सूचनामा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !