१९ मंसिर २०८२, शुक्रबार
सन्दर्भ : लुम्बिनी प्रदेश निजामती सेवा दिवस

दश किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रकाशित मिति :  7 September, 2025 9:45 am


दाङ । लुम्बिनी प्रदेश निजामती सेवा दिवसको अवसरमा आयोजित १० किलोमिटर रोड रेस प्रतियोगितामा सामाजिक विकास मन्त्रालयका सचिव वसन्त प्रसाद कोइरालाले उपाधि हात पारेका छन् ।

राप्ती गाउँपालिकास्थित भित्री सडक खण्डमा सम्पन्न प्रतियोगितामा सचिव कोइरालाले सबैभन्दा छिटो यात्रा पूरा गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।

यस प्रतियोगितामा ४५ जना कर्मचारी सहभागी भएका थिए । सहभागीमध्ये प्रमुख सचिव बावुराम अधिकारीसहित अधिकांशले यात्रा पूरा गरेका थिए ।

प्रतियोगितामा स्वास्थ्य मन्त्रालयका कर्मचारी उमेश रावत दोस्रो, लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर तेस्रो र आर्थिक मामिला तथा योजना मन्त्रालयका रञ्जित राउत चौथो स्थानमा पुगे ।

यस्तै, युवा तथा खेलकुद मन्त्रालयका गोपाल वली पाँचौं, वन तथा वातावरण मन्त्रालयका निर्मल चौधरी छैटौं, प्रदेश सभा सचिवालयका अशोककुमार घर्तिमगर सातौं, प्रदेश लेखा नियन्त्रण कार्यालयका सतेन्द्र राय आठौं, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका लालबहादुर कुवर नवौं र प्रदेश सभा सचिवालयका किरणकुमार थारु दशौं स्थानमा रहे ।

लुम्बिनी प्रदेश निजामती सेवा दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यसै क्रममा आइतबार झाँकी प्रदर्शन र मूल समारोह हुने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !