आन्दोलन आयाेजकले भन्याे-आन्दाेलनमा घुसपैठ भयाे, सुरक्षित रूपमा फर्किनुहाेस्
प्रकाशित मिति : 8 September, 2025 12:59 pm
काठमाडौँ । ‘जेनजी नेपाल’ नामक फेसबुक पेजमार्फत प्रदर्शनकारीहरुलाई तत्कालै सुरक्षित तरिकाले फर्कन आह्वान गरिएको छ ।
सूचनामा भनिएको छ, “कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला। धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस्। हाम्रो आजको दिन सफल भइसकेको छ। आज सबै जना सुरक्षित तरिकाले घर जानुस्।”
सुरक्षा अधिकारीहरुले भने, प्रदर्शन स्थलमा अवस्था क्रमशः नियन्त्रणमा ल्याइँदै गएको जानकारी दिएका छन्।









